Comments Add Comment

राजेश हमालको ५ लफडा : पहिलो फिल्ममै ‘नकआउट’, हिरोइनसँग मनमुटाव

राजेश हमाल जस्तो होशियारी सायदैले अपनाउँछन् । उनी जतासुकै देखिदैनन्, जथाभावी बोल्दैनन्, जेसुकै गर्दैनन् । त्यसैले यी महानायक खासै लफडाबाजीमा फस्दैनन् ।

उनी आफ्ना निजी जीवनलाई जतिसक्दो ढाकछोप गर्न रुचाउँछन् । कहिँ, कतै देखिनु परेमा व्यवसायिक स्वरुपमा प्रकट हुन्छन् । आफ्नो ‘सेलिब्रेटी छवी’लाई सकेसम्म जोगाउने यत्न गर्छन् । ढंग पु¥याएर हिँड्छन्, सोंच–विचार गरेर बोल्छन् ।

सुभानी, शान्त र सौम्य । झट्ट देख्दा राजेश हमाल यस्तै देखिन्छन् । त्यही कारण उनलाई माया र श्रद्धा गर्नेहरुको जमात ठूलो छ । उनीहरुले आफ्ना प्रिय अभिनेतालाई ‘महानायक’ भनी सम्बोधन गर्न रुचाउँछन् ।

राजेश हमालप्रति यस्तो सद्भाव पोतिनुमा अर्को कारण पनि छ, उनले पर्दामा देखाएको छवी । सिनेमाको पर्दामा कहिले किसान त कहिले मजदुर बनेर उनले अन्याय र अत्याचार विरुद्ध लाप्पा खेले । ‘दुस्मनको लागि यो हात फलाम’ भन्दै गुण्डाहरुलाई रामधुलाई गर्दा दर्शकको मुटुमा जोशिलो कम्पन छुट्यो ।

निर्विवाद रहने यत्न गर्दा–गर्दै पनि राजेश हमाल ओभानो रहन सकेनन् । कहिले नाङ्गो फोटो काण्डले त कहिले अभिनेत्रीसँगको रोमान्सको फन्डाले उनलाई चर्चा र विवादको चक्रमा घुमाइरह्यो ।

सुगठित ज्यानमा छोटो कछाड र सुरुवाल लगाएर कहिले हलो जोते, कहिले भारी बोके । कसैको सिन्दुरको रक्षा गरिदिए त, कसैको अन्नपात जोहो गरिदिए । त्यसैले त निडर, न्यायप्रेमी नौजवान नायकमाथि दर्शकले स्नेह पोखिरहे ।

पर्दा भित्र र पर्दा बाहिर, उनले आफ्नो सन्तुलन गुमाउन चाहेनन् । तर, नचाहेरै पनि बेलाबखत उनको खुट्टा चिप्लियो ।

निर्विवाद रहने यत्न गर्दा–गर्दै पनि राजेश हमाल ओभानो रहन सकेनन् । कहिले नाङ्गो फोटो काण्डले त कहिले अभिनेत्रीसँगको रोमान्सको फन्डाले उनलाई चर्चा र विवादको चक्रमा घुमाइरह्यो ।

बुवासँग बोलचाल बन्द 

राजेश हमालको परिवार, संभ्रान्त र सुकिलो थियो । उनका बुवा चुडाबहादुर हमाल, कुटनीतिज्ञ । आमा पनि पढेलेखेकी । उनी पाल्पाको मिसन अस्पतालमा जन्मिए ।

कुटनीतिक बुवाको काँधमा चढेर राजेश हमाल कहिले पाकिस्तान पुगे, कहिले दिल्ली । बुवाको सरुवा जहाँ हुन्छ, उनको पढाई त्यही । अन्त्यमा रुस र थाइल्याइन्डमा उनले थप अध्ययन गरे । त्यपपछि पञ्जाब चण्डिगढबाट विश्वविद्यालयको पढाई पुरा गरे ।

यतिका पढेलेखेका छोरोले गतिलै कामकाज रोज्लान् भन्ने थियो बुवाआमाको चाहाना । तर, राजेश हमाल रसरंगको दुनियामा हेलिए । कहिले भारतको फेसन नेट म्यागजिनका लागि त कहिले काठमाडौंका ¥याम्प शोमा उत्रिएर, उनले बुवाको इच्छा विपरित पाइला चाले ।

बुवा चुडाबहादुर हमालको पारो तात्यो । देश–विदेश घुमाएर पढाएको, सुख–सयलमा हुर्काएको छोरो सिनेमाको दुनियामा बरालिन थालेपछि बुवालाई झोंक चल्ने नै भयो ।

नतिजा, बुवा र छोरोको बोलचाल बन्द भयो । राजेश हमालले कतिपय प्रसंगमा सुनाएका छन्, ‘बुवासँग त्यसबेलासम्म बोलचाल भएन, जबसम्म उहाँ बाँच्नुभएको थियो । बुवाको पाकिस्तानमा निधन भयो, ५६ बर्षको उमेरमा । एक प्रसंगमा राजेश हमालले सुनाएका छन्, ‘उहाँ पाकिस्तान जानु भएको बेला म गोपिकृष्ण भन्ने फिल्मको सुटिङमा थिएँ । पाकिस्तान जानुहुँदा मलाई बाई पनि भन्नुभएन, बोल्नु पनि भएन ।’ अहिले उनलाई यही कुराले पछुतो लाग्छ कि, बुवासँग बोलचाल भएन ।

पहिलो फिल्मबाटै निकालिएपछि 

घर–परिवार खुसी थिएनन्, तैपनि उनले सिनेमा रोजे । फिल्म, भाग्यरेखा । निर्देशक दीपक रायमाझी । साइनोले राजेशका मामा ।

राजनीतिज्ञ केशरजंग रायमाझीका छोरा दीपक पनि आफ्नै ढंगको सिनेमा बनाउन तम्सिएका । रुसमा सिनेमाकै अध्ययन गरेर आएका ।

राजेश हमाल हिरो, कृष्टि मैनाली हिरोइन ।

भनिन्छ, पर्दामा त उनीहरुले प्रेम-सम्बन्ध निर्वाह गर्नु नै थियो, पर्दा बाहिर पनि राजेश-कृष्टिको रोमान्स चल्यो । अन्ततः निर्देशक रायमाझीले हमाललाई फिल्मबाट निकालिदिए । यद्यपि राजेश हमालले कृष्टिसँगको सम्बन्धबारे केही खुलाएका छैनन् । पहिलो फिल्मबाट निकालिनुको कारण आफ्नै ‘अभिनय’को कारण औंल्याएका छन् ।

एक प्रसंगमा राजेश हमालले भनेका छन्, ‘फिल्मको छायांकन १० प्रतिशत जति सकिएको थियो । सुटिङ त गरियो तर तपाईं यो फिल्मबाट हट्नुपर्यो ।’

पहिले गाँसमै ढंगा भनेझै अभिनय यात्राको सुरुवाती विन्दुमै उनलाई ठेस लाग्यो ।

तर, पछि सोही प्रोजेक्टले राजेश हमाललाई मौका दियो । फिल्म थियो, युगदेखि युगसम्म । यसमा पनि हिरोइन उही थिइन्, कृष्टि मैनाली ।

करिष्मासँग लफडा

खासमा दीपक रायमाझीले नै करिष्मा मानन्धरलाई राजेश हमालसँग भेट गराइदिएका थिए, भाग्यरेखाका लागि । त्यसबेला करिष्माले भनेकी थिइन्, ‘यस्तो डरलाग्दो मान्छेसँग म फिल्म खेल्दिन ।’ दीपक रायामाझीले कर गरेपनि करिष्मा भने राजी भइनन् । करिष्मालाई पहिलो भेटमा नै राजेश हमालले ‘तपाईंको ब्वाइफ्रेन्ड छ ?’ भनी सोधेका थिए ।

करिष्माको जवाफ थियो, ‘किन यो बैंकक हो र ?’

त्यसबेला राजेश हमालले ‘तपाईं मभन्दा धेरै होचो हुनुहुँदोरहेछ’ भने । करिष्मा झस्किइन् । पछि फिल्म ‘भाउजु’ पछि भने राजेश–करिष्माको सम्बन्ध मधुर भयो । त्यसपछि उनीहरुको अफेयरका हल्ला पनि चले । तर, दुबैले यो कुरालाई स्विकार गरेनन् ।

उनीहरु दुबैको करियर उत्कर्षमा थियो । त्यही बेला राजेश र करिष्माको भनाभन भयो । निहुँ थियो, करिष्माको पाइन्ट । खासगरी पाइन्ट माथि लगाउने निहुँमा भनाभन भएपछि उनीहरुको बोलचाल बन्द भयो, दुई बर्षसम्म ।

राजेश हमालले भने यस विषयमा फरक कुरा बताएका छन् । बोलचाल बन्द भएको कुरा केवल हल्ला मात्र भएको उनको भनाई छ ।

कुनैबेला यस्तो थियो, हिरो भनेकै राजेश हमाल । हिरोइन भनेकै करिष्मा मानन्धर । यी दुबैको केमेष्ट्री पनि औधि मिल्ने । बसन्ती, यो मायाको सागर, एक नम्बरको पाखे, ढुकढुकी, साथी जस्ता अनगिन्ती फिल्ममा दुबैले स्क्रिन शेयर पनि गरे ।

‘महानायक’ विवाद

एउटा ठूलो जमात छ, जसले राजेश हमाललाई ‘महानायक’ भनी सम्बोधन गर्छन् । उनी महानायक हुन् वा होइनन्, उनलाई यो पद्वी कसले दियो, कुन तराजुले महानायकको मापन गरिन्छ ? यावत् प्रश्नहरुको छाल यसरी उठ्यो कि, त्यसले सानोतिनो ध्वांस नै मच्यायो ।

अभिनेत्री एवं निर्देशक दीपाश्री निरौलाले एक अन्र्तवार्तामा ‘राजेश हमाल महानायक नै हुनुहुन्छ र ?’ भनी शंसय व्यक्त गरेसँगै यो विवाद उत्कर्षमा पुग्यो । राजेश हमाल महानायक हुन् र होइनन् भन्नेबीच दुई कित्तामा रहेर चर्को वहस भयो । पछि दीपाश्रीले आफ्नो भनाईको आशय फरक रहेको भन्दै माफी मागिन् भने राजेश हमालले घुमाउरो शैलीमा आफु ‘महानायक’ नै रहेको जिकिर गरे ।

नाङ्गो फोटो काण्ड

राजेश हमालको नग्न फोटोले पनि एकपटक तहल्का मच्यायो । जतिबेला राजेश हमालको टाउको विक्थ्यो, त्यही बेला उनी अनपेक्षित विवादमा आए । कारण, उही नग्न फोटो । उक्त फोटो एउटा पत्रिकामा छापिएपछि यसले सनसनी मच्याइदियो ।

यसरी पत्रिकामा छ्यापछ्याप्ती भएपछि राजेश हमालले आफ्नो बचाउ गर्दै, याो नितान्त व्यक्तिगत प्रयोजनका लागि खिचेको बताएका थिए । आफ्नो शरीरमा गाँठाहरु भएकाले उपचारका लागि तस्वीर खिचेको उनको भनाई थियो ।

हुन त उक्त तस्वीर छापिनुअघि पत्रिकाबाट उनलाई फोन आएको रहेछ । हमालले त्यसको वास्ता गरेनन् । पछि पत्रिकामा तस्विर छापियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

ती ओली, यी देउवा

Advertisment