Comments Add Comment

सी डिभिजन लिग छनोट भदौ १ गतेदेखि

३१ असार, काठमाडौं । शहीद स्मारक सी डिभिजन लिगको छनोट प्रतियोगिता आगामी भदौमा हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिहीबार सूचना जारी गर्दै सी डिभिजन छनोट भदौ १ गतेबाट शुरु हुने जानकारी दिएको छ ।

एन्फाले छनोटमा सहभागी हुनका लागि क्लबले साउन २५ गतेभित्र टिम दर्ता गर्नुपर्ने जनाएको छ । टिम दर्ता गर्न ३० हजार शुल्क लाग्नेछ ।

सी डिभिजन लिग यसै वर्ष आयोजना जनाइएको छ । छनोट प्रतियोगिताबाट उत्कृष्ट टिम सी डिभिजनमा पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment