+
+
Shares

झापामा दुई जनाको मृत्यु

रासस रासस
२०७८ असार ३१ गते २०:२७

३१ असार, सुरुङ्गा । पानी सर्किएर र करेन्ट लागेर झापामा बिहीबार एकै दिन दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भद्रपुर नगरपालिका–६ निवासी २४ वर्षीय अर्पण श्रेष्ठको पानी सर्किएर मृत्यु भएको हो भने मेचीनगर नगरपालिका–३ सिर्जना बस्तीका ३१ वर्षीय सरोज किसानको करेन्ट लागेर मृत्यु भएको हो ।

घरमा गिलासबाट पानी पिउने क्रममा पानी सर्किएर बेहोस भएका अर्पणको मेची अस्पताल भद्रपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै स्थानीय गंगटे खोल्सामा करेन्ट लगाएर माछा मार्ने क्रममा सरोजको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापाले बताए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?