Comments Add Comment

पाटा नेपाल च्याप्टरले शुरु गर्‍यो निःशुल्क हस्पिटालिटी तालिम

३१ असार, काठमाडौं । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले पर्यटन तथा हस्पिटालिटी व्यवसाय, विद्यालय र संस्थामा आवद्ध सरोकारवालाले प्रयोग गर्न सक्ने गरी निःशुल्क अनलाइन तालिम अभियान शुरु गरेको छ ।

पाटा नेपालका सीईओ सुरेश सिंह बुडाल र टिप्सीका एसिया प्यासिफिक क्षेत्रीय निर्देशक टोनी बोल्फबीच तालीम प्रदान गर्ने सम्बन्धमा हस्ताक्षर भएको छ । नेपालको पर्यटन पुनरुत्थान अभियानलाई सहयोग गर्ने उद्देश्यले सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

टिप्सी विश्वका पर्यटन एवम हस्पिटालिटी प्रोफेशनल प्रशिक्षकद्वारा निर्मित पाठ्यक्रम रहेको पर्यटन, आतिथ्य उद्योगका लागि अनलाइन शिक्षा प्रदान गर्ने प्लेटर्फम हो । प्लेटर्फमले कम्प्लाइन्स, व्यवसाय, व्यवस्थापन, पेय पदार्थ, पाककला, होटल, र सेवासँग सम्बन्धित एक हजार भन्दा बढी अनलाइन पाठहरूमा पहुँच प्रदान गरिरहेको छ ।

नेटˆलिक्स शैलीमा निर्माण गरिएको टिप्सी लाइब्रेरीले पर्यटन र आतिथ्य क्षेत्रमा आवद्धत ईच्छुक प्रोफेशनललाई सीप-विकास गर्न, दक्ष बनाउन, आत्मविश्वास बढाउन र आˆनो प्रोफेसनल अभिरुची खोज एवम् अभिवृद्धि गर्न प्रोत्साहित गर्ने पाटा नेपालले जनाएको छ ।

टिप्सीमार्फत पाठ र पाठ्यक्रममा तत्काल पहुँच प्राप्त गर्न सक्छन् । यसमा डाउनलोड गर्न मिल्ने सामग्री, हिज्जे र स्वीकृत सर्टिफिकेट प्राप्त गर्छन् ।

नेपालमा पर्यटन तथा हस्पिटालिटी क्षेत्रमा आबद्ध सम्पूर्ण व्यवसाय, कलेज र संस्थाले यो सुविधा प्राप्त गर्न सेप्टेम्बर २०२१ सम्म दर्ता गर्नुपर्ने भएको छ । दर्ता गरेको एक साता भित्र आवश्यक अकाउण्ट लगईन विवरणको साथ टिप्सीको एक प्रतिनिधि ईमेल मार्फत उहाँहरुको सम्पर्कमा रहनेछ ।

उक्त निःशुल्क टिप्सी प्रिमियम सदस्यताको अवधि सम्बन्धित व्यवसाय वा शैक्षिक संस्थाको टिप्सी प्रिमियम सदस्यता दर्ता मितिदेखि तीन महिनाको लागि हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment