Comments Add Comment

वीरगञ्जबाट लागु औषधसहित दुईजना पक्राउ

१ साउन, वीरगञ्ज । वीरगञ्जबाट लागु औषधसहित दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काभ्रे साँगा नगरपालिका-१३ गते ४४ वर्षीय कृष्ण खड्का र बनेपा नगरपालिका-१० बस्ने २७ वर्षीय सविन हुमागाई रहेका छन् ।

उनीहरु दुवै जनाविरुद्ध लागु औषध सम्बन्धी कसूर मुद्दामा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालका अनुसार बिहीबार अपरान्ह ४ बजे वीरगञ्ज–१६ रजतजयन्ती चोकबाट उनीहरुलाई पक्राउ गरेको थियो ।

शंकास्पद रुपमा पैदल हिँडिरहेका दुवैजनालाई रोकी चेकजाँच गर्दा खड्काले लगाएको जिन्स पाईन्टको कम्मर पेटीमा पत्रिकाले र दुबै खुट्टामा पाइन्टभित्र सेतो टेपले बेरेको अवस्थामा लागु औषध फेला परेको थियो ।

उनको साथबाट नुर्फिन १५० एम्पुल, डाइजेपाम १४८ एम्पुल र फेनारगन १५० गरी जम्मा ४४८ एम्पुल तथा नाईट्राभेट ट्याब्लेट २० पत्ता ६ सय ट्याब्लेट फेला परेको डिएसपी खनालले बताए । हुमागाई भने उनको साथमा आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment