Comments Add Comment

एमाले संसदीय दलको बैठकमा पनि माधव समूह अनुपस्थित

१ साउन, काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक बानेश्वरमा शुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बैठक शुरु भएको हो ।

बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरु भने अनुपस्थित छन् । अध्यक्ष केपी शर्मा ओलीले बिहान बोलाएको दलको बैठकमा संसदमा पार्टीको भूमिकाबारे छलफल हुने प्रमुख सचेतक विशाल भट्टराईले बताए ।

सत्तबाट ओली बाहिरिएपछि पहिलो पटक संसदीय दलको बैठक बसेको हो । आइतबार पुनर्स्थापित प्रतिनिधिसभाको बैठक बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment