
१ साउन, धनगढी । कैलालीमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन् ।
जिल्लाको टीकापुर नगरपालिका-७ का ३६ वर्षीय लोकेन्द्र साउद र २८ वर्षीय धनबहादुर सुनारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतीक बिष्टले लागुऔषधको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा उनीहरु दुवै जनालाई टीकापुर नगरपालिका ६ को नारायणपुर शिबिरबाट पक्राउ गरिएको जानकारी दिए ।
उनीहरुको साथबाट १४.९७ ग्राम खैरो हिरोइन बरामद गरिएको छ । दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4