Comments Add Comment

प्रतिनिधिसभा बैठकका लागि यस्तो छ तयारी (फोटो फिचर)

१ साउन, काठमाडौं । सरकारले साउन ३ गते बोलाएको प्रतिनिधिसभाको बैठक बस्नको लागि सम्पूर्ण तयारी पूरा भएको छ ।

बैठक कक्षमा स्वास्थ्य मापदण्ड पूरा गरी गरिनुपर्ने सम्पूर्ण तयारी पूरा भएको संसद् सचिवालयले जनाएको छ ।

बैठक कक्षका कुर्सी, टेबुल मिलाइएको छ भने माइक सामाजिक दूरी कायम गरी राखिएको छ ।

कोरोना संक्रमण कायममै रहेको अवस्थामा शुरु हुन लागेको प्रतिनिधि सभाको बैठक कक्षको सम्पूर्ण तयारी पूरा भएको संसद् सचिवालयका प्रवक्ता डा.रोजनाथ पाण्डेले जानकारी दिए ।

प्रतिनिधिसभा बैठक कक्षको तयारीबारे स्थलगत अवलोकन गर्न शुक्रबार सभामुख अग्‍नी सापकोटा संसद भवन पुगेका छन् । उनले संसद भवनको सभाकक्ष लगायतको अवलोकन समेत गरेका छन् ।

संसद अधिवेशन शुरु हुनुअघि शुक्रबार सभामुख, सांसद, कर्मचारी तथा संसदीय पत्रकारलगायतको एन्टिजेन परीक्षण पनि गरिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक साउन ३ गते दिउँसो ४ बजेका लागि बोलाएकी थिइन् ।

गत जेठ ७ गते मध्यरातमा सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन् । तर सर्वोच्च अदालतले संसद पुनर्स्थापना हुने फैसला गरी साउन ३ गतेभित्र बैठक बोलाउन पनि आदेश दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
चन्द्रबहादुर आले

ट्रेन्डिङ

Advertisment