+
+
Shares

सर्वोच्चको फैसलाविरुद्ध एमालेले भण्डाफोर अभियान चलाउने

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन १ गते १८:१८

१ साउन,  काठमाडौं । नेकपा एमालेले सर्वोच्च अदालतको फैसलाविरुद्ध भण्डाफोर अभियान चलाउने भएको छ । शुक्रबार बसेको स्थायी कमिटी बैठकले सर्वोच्चको फैसलाका विभिन्न पक्षलाई लिएर जनतामा जाने निर्णय गरेको हो ।

ल्होत्से हलमा बसेको संसदीय दलको बैठकमा पनि अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले अदालतले संविधानका धारा र उपधाराको अपव्याख्या गरेर फैसला आएको बतँए ।

संसदीय दलको बैठकपछि प्रमुख सचेतक विशाल भट्टराईले भने, ‘निर्दलीय व्यवस्थातर्फ मुलुकलाई अग्रसर गराउने गरी जुन फैसला गरियो, यसप्रति हाम्रो आपत्ति छ र जनताको बीचमा भण्डाफोर गर्ने हामीले निष्कर्ष निकालेका छौं ।’

यसअघि दुनियाँमा अदालतले प्रधानमन्त्री तोक्ने काम नगरेको भन्दै उनले भने, ‘कम्तीमा संसद पुनस्र्थापना नगरेको भए संसद विघटन बेठीक थियो भन्ने सहर्ष स्वीकार गथ्र्यौं । तर एउटा दलबाट निर्वाचित भएर अर्को दललाई समर्थन गर्ने कामलाई पनि नैतिक ठहर्‍याउने काम गरेको छ । यो प्रवृत्ति दलीय व्यवस्थाविरुद्ध छ ।’ दलीय व्यवस्थामाथि भएको प्रहारबारे जनतालाई सुसूचित गर्न भणफोर अभियान चलाउने प्रमुख सचेतक भट्राईले बताए ।

बाढी पहिरोमा परेर घाइते भएकाहरुको निःशुल्क उपचारको व्यवस्था गर्न र कोरोना खोपलाई व्यवस्थित रुपमा सबै जनतामाझ पुर्‍याउन माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?