Comments Add Comment

बाटोमै थन्कियो डोटी जिल्ला अस्पतालको एम्बुलेन्स

१ साउन, डोटी । बिरामी बोकेर असार २५ गते कैलालीको धनगढी जाँदा बिग्रिएको डोटी जिल्ला अस्पतालको एम्बुलेन्स बाटोमै अलपत्र अवस्थामा छ । जिल्ला अस्पतालमा कार्यरत एक कर्मचारी बिरामी भएपछि थप उपचारका लागि धनगढी लैजाने क्रममा उक्त एम्बुलेन्स डडेल्धुराको साहुखर्क भन्ने स्थानमा बिग्रिएको थियो ।

एम्बुलेन्स बिग्रेपछि चालकले निजी कार बोलाएर बिरामीलाई धनगढी पुर्‍याएका थिए । चालक डम्बर पाली बिरामीलाई धनगढी पुर्‍याएर डोटी पुगिसकेका छन् तर एम्बुलेन्स बाटोमै अलपत्र अवस्थामा छ ।

चालक पालीले एम्बुलेन्सको क्राउन बिग्रेका कारण थन्किएको र मर्मतको कारण भने थाहा नभएको बताए । अब दुई–तीन दिनमा मर्मतका लागि जाने उनले बताए ।

एक महिनाअघि करीब डेढ लाख रुपैयाँ खर्च गरेर उक्त एम्बुलेन्स मर्मत गरिएको थियो । पाली भन्छन्, ‘त्यतिबेला इन्जिन बिग्रेका कारण बनाइयो, अहिले क्राउन बिग्रियो ।’

नेपाल भारत मैत्री संघले उपलव्ध गराएको से १ झ २१० नम्बरको उक्त एम्बुलेन्स थन्किँदा पनि सम्बन्धित निकायले मर्मतका लागि पहल गरेको छैन । बेवारिसे अवस्थामा छोडिएको एम्बुलेन्सका अन्य पाटपूर्जा पनि चोरी हुन सक्ने स्थानीय बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment