Comments Add Comment

प्रदेशको १ को बजेट खर्च ६४ प्रतिशत

२ साउन, विराटनगर । प्रदेश १ सरकारले ६१ प्रतिशत मात्रै पुँजिगत खर्च गरेको छ । आर्थिक वर्ष २०७७/७८ मा पुँजिगततर्फ विनियोजन भएको १५ अर्बमध्ये ६१.७१ प्रतिशत खर्च गरेको हो ।

प्रदेश सरकारले ४३ अर्ब ४० करोड, ८५ लाख ५० हजार बजेट विनियोजन गरेको थियो । कुल बजेटमध्ये २८ अर्ब ११ करोड, ३३ लाख ३७ हजार बजेट खर्च भएको थियो ।

प्रदेश १ कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार गत वर्ष पुँजिगत तर्फ २७ अर्ब ७६ करोड १७ लाख ३१ हजार बजेट विनियोजन भएको थियो । जसमध्ये १५ अर्ब ८९ करोड ८४ लाख २४ हजार २२० रुपैयाँ खर्च भएको छ । यो ६१.७१ प्रतिशत हो । कुल बजेट ६४.७६ प्रतिशत खर्च भएको कार्यालयले जनाएको छ ।

चालु खर्चतर्फ १७ अर्ब ६० करोड, ६८ लाख १९ हजार बजेट विनियोजन भएको थियो । जसमध्ये १२ अर्ब २१ करोड ४९ लाख १३ हजार खर्च भएको छ । विनियोजन बजेट मध्ये ६९.३८ प्रतिशत हो ।

कार्यालयका अनुसार २१ अर्ब ८६ करोड ९६ लाख ११ बजेट पाएको भौतिक पूर्वाधार विकास मन्त्रालयले १४ अर्ब ५१ करोड ९३ लाख ५० हजार ९९० रुपैयाँ खर्च गरेको छ ।
पाँच अर्ब ६० करोड ८ लाख २७ हजार बजेट पाएको सामाजिक विकास मन्त्रालयले ३ अर्ब २५ करोड १५ लाख ४३ लाख खर्च गरेको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयले ६ अर्ब २४ करोड ३३ लखख २२ हजार बजेटमध्ये ५ अर्ब ९३ ककरोड ६९ लाख ३९ लाख खर्च गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलले ९५ करोड ८० लाख ७६ हजार बजेटमध्ये ४० करोड ६० लाख ७७ हजार खर्च गरेको छ ।

तीन अर्ब ५९ करोड ६९ लाख ६६ हजार बजेट पाएको उद्योग पर्यटन बन तथा वातारवण मन्त्रायलले एक अर्ब ५७ करोड १२ लाख ७७ हजार खर्च गरेको छ ।

आन्तरिक मामिला तथा योजना मन्त्रालयले ९८ करोड ८० लाख ८९ हजार बजेटमध्ये ३३ करोड ८६ लाख ६४ हजार १ सय५१ रुपैयाँ खर्च गरेको छ ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले ३ अर्ब ७९ करोड ९८ लाख ८५ हजार बजेटमध्ये एक अर्ब ८१ करोड ७० लाख ७ हजार २०८ रुपैयाँ खर्च गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment