Comments Add Comment

देउवाले बोलाए कांग्रेस पदाधिकारीको आकस्मिक बैठक

२ साउन काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आकस्मिक रुपमा पार्टी पदाधिकारीको बैठक बोलाएका छन् ।

पूर्व पदाधिकारी पनि सहभागी हुने बैठकमा क्रियाशील सदस्यता छानविन समिति सदस्य श्याम घिमिरेमाथि भएको कुटपिटको घटनाबारे छलफल हुने एक नेताले जानकारी दिए । बैठक शनिबार दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने पार्टी मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिए ।

कांगेस केन्द्रीय सदस्य एवं समिति सदस्य घिमिरेमाथि शनिबार सिन्धुपाल्चोकका कांग्रेस कार्यकर्ताले कुटपिट गरेका थिए । सदस्यता छानविनको काम अन्तिम चरणमा पुगेका बेला सदस्य घिमिरेमाथि धर्मशालामै पुगेर आक्रमण भएपछि छलफलका लागि पदाधिकारी बैठक बोलाएको हो । समितिले एक महिनादेखि गौशालास्थित नेपाल–भारतमैत्री धर्मशालामा आवासीय रुपमा काम गर्दै आएको छ ।

समिति सदस्य घिमिरेले सिन्धुपाल्चोकका नेता मोहन बस्नेतको निर्देशनमा आफूमाथि कुटपिट भएको आरोप लगाएका छन् ।सदस्यता विवादबारे छलफल गर्न भन्दै आएका सिन्धुपाल्चोकका केही युवाहरुले आफूमाथि हातपात गरेको घिमिरेको भनाइ छ ।

सिन्धुपाल्चोकमा राप्रपाबाट आएका भनिएका १२ सय क्रियाशील सदस्यको नाममा विवाद भएको हो । समितिले सिन्धुपाल्चोकमा नयाँ र अन्य पार्टीबाट समायोजनपछि आएका क्रियाशील सदस्यता स्थगन गर्दै १४ औं महाधिवेशनमा पुरानैलाई मान्यता दिने तयारी गरेको हो ।

नयाँ क्रियाशील सदस्य र राप्रपाबाट समायोजन भई आएकाको क्रियाशील सदस्यता स्थगन गरेको आरोप लगाउँदै कार्यर्ताले घिमिरेमाथि हातपात गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment