Comments Add Comment

साउने परिधानमा दीपिका

‘ह्याप्पी श्रावण ।’

यही संक्षिप्त क्याप्सन लेख्दै अभिनेत्री दीपिका प्रसाईंले आफ्नो फोटो सामाजिक सञ्जालमा साझेदार गरेकी छिन् ।

साउन सुरु भएको छ । भक्ती–आराधना गर्ने, ब्रत–उपवास गर्ने पवित्र महिनाको रुपमा लिइन्छ साउनलाई । यससँगै यसको अर्को चाखलाग्दो पक्ष पनि छ । साउनमा खासगरी महिलाको पहिरनदेखि शृंगारसम्मलाई महत्व दिइन्छ ।

यतिबेला रातो, हरियो र पहेंलो रंगको वस्त्र धारण गर्ने परम्परा छ । साथै, चुरा, टिका, मेहेन्दी लगाउने गरिन्छ । यी शृंगार र परिधानको पनि आफ्नै अर्थ छ । जस्तो कि, हरियोलाई प्रेम र वातावरणको, रातोलाई सौभाग्यको, पहेंलोलाई पवित्रताको प्रतिक मानिन्छ ।

प्रसंग साउनको मात्र होइन, दीपिकाको पनि हो ।

दीपिकाले आफ्नो परिधानमा हरियो र पहेंलो रंगको समायोजन गरेकी छिन् । चुरादेखि सिरबन्दीसम्ममा रंगको समायोजन गजब छ । अब लागौं, दीपिकाको फिल्मी करियरतर्फ ।

अभिनेता रमेश उप्रेती अमेरिका बसाई बिट मार्दै नेपाल फर्किए । उनले एउटा फिल्म निर्माण गर्ने सुर कसे, ऐश्वर्य । यसमा निर्देशनको काँध थापे, दीवाकर भट्टराईले । दीवाकरले हिरोइनमा नयाँ अनुहार खोजे । फेला परिन्, दीपिका ।

‘ऐश्वर्य’बाटै दीपिकाले राम्रो ख्याती कमाइन् । त्यसपछि उनले एकाध फिल्ममा काम गरिन् । संख्याको हिसाबले कम भएपनि उनी राम्रै चर्चा पाउने भाग्यमानीमा गनिन्छन् ।

पहिलो चलचित्रबाट जोडिएका दीपिका र दीवाकार अहिले भने श्रीमान–श्रीमती बनेका छन् । दुबै दाम्पत्य जीवनमा रमाइरहेका छन् । कोरोनाको सन्त्रास नहुँदो हो त उनीहरु सिनेमा निर्माणकै काममा लागिसकेका हुन्थे । विवाहपछि सिनेमा निर्माण गर्ने चर्चा चलेको थियो । तर, किस्ताबन्दीमा देखापरेको कोरोनाले त्यसलाई थन्को लगाए । अन्ततः अरु नै व्यवसायको सुरसारमा लागेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment