Comments Add Comment

चीनद्वारा बीआरआई अन्तर्गत क्षेत्रीय कनेक्टिभिटीको प्रस्ताव

३ साउन, काठमाडौं । पछिल्लो समय दक्षिण एसियाली मुलुकहरुसँग बिभिन्न संयन्त्र मार्फत सहकार्य अगाडि बढाएको चीनले बेल्ट एण्ड रोड परियोजना अन्तर्गत केन्द्रीय कनेक्टिभिटीको प्रस्ताव गरेको छ ।

दक्षिण एसिया र केन्द्रीय एसियाली मुलुकहरुको एक सम्मेलनलाई सम्बोधन गर्दै चिनियाँ विदेशमन्त्री वाङ यीले चीन यस क्षेत्रका मुलुकहरुसँग कनेक्टिभिटीको क्षेत्रमा बिआरआई मार्फत साझेदारी गर्न चाहेको उल्लेख गरे ।

चिनियाँ विदेशमन्त्रीले कनेक्टिभिटीले मुलुकहरुलाई अगाडि बढ्नको लागि सहयोग गर्ने उल्लेख गरे । उनले चीनले कनेक्टिभिटीको नाममा भूराजनीतिक खेल नखेल्ने बरु सबै मुलुकसँग परामर्शको आधारमा अगाडि बढ्ने बताए । उनले चीन दक्षिण एसियाली मुलुकहरुसँग हार्ड कनेक्टिभिटी र सफ्ट कनेक्टिभिटीमा काम गर्न तयार रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment