
३ साउन, काठमाडौं । भक्तपुरको जगातीमा ड्युटीमा खटिएका प्रहरीलाई हातपात गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सूर्यविनायक नगरपालिका जगाती बस्ने २७ वर्षीय राजन कवाङलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।
महानगरीय प्रहरी वृत्त जगातीबाट ड्युटीमा खटिएको प्रहरी कर्मचारीलाई मादक पदार्थ सेवन गरी आएका राजनले सोधपुछको क्रममा हातपात गरेपछि उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4