
३ साउन, काठमाडौं । डा. चन्द्रमोहन यादवसहित नेपाली कांग्रेसका तीन नेता पार्टी कार्यालय, सानेपामा आमरण अनसन बसेका छन् ।
डा. चन्द्रमोहन यादव, रामपल्टन साह र दिनेश नायकले आइतबार विहान साढे ११ बजेदेखि अनसन थालेका हुन् ।
धनुषा जिल्लाको क्षेत्र नम्बर १ र ४ को क्रियाशील सदस्यता वितरणमा धाँदली भएको उनीहरुको दाबी छ । यसबारे जिल्ला छानविन समितिले सर्वसम्मत रुपमा बनाएको प्रतिवेदन लागू हुनुपर्ने आफूहरुको माग रहेको डा. यादवले बताए । उनी भन्छन्, ‘यसलाई वाइपास गर्ने वा केन्द्रका दुई–चार जना बसेर निर्णय गर्नु भएन ।’
तस्वीर : चन्द्रबहादुर आले/अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4