Comments Add Comment

संसद भवन अगाडि भूपू ब्रिटिश गोर्खा सैनिकको प्रदर्शन

३ साउन, काठमाडौं । भूतपूर्व ब्रिटिश गोर्खा सैनिकले नेपाल र बेलायत सरकारलाई आफ्नो माग पूरा गरिदिन भन्दै सांकेतिक प्रदर्शन गरेका छन् ।

आज आइतवार संसद भवन अगाडि उनीहरुले सांकेतिक प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सत्याग्रह संघर्ष समिति नेपालका संयोजक एलबी घिसिङले गोर्खाली सैनिक २०७ वर्षदेखि ब्रिटिशको विभेदको शिकार भएको बताए ।

संयोजक घिसिङले यो अपमान र पीडा सबै नेपालीहरुको भएकोले सरकार, सधन र सडकमा यी विषयहरु उठाइदिन माग गरे । घिसिङले आफ्ना मागहरुमा चासो दिएर सम्बोधन नगरे २१ जुलाईबाट बेलायती प्रधानमन्त्री कार्यालयअघि आमरण अनसन बस्ने समेत चेतावनी दिए ।

‘बेलायती सरकारले नेपाली ब्रिटिश सैनिकहरुलाई दासको जस्तो व्यवहार र अमानवीय व्यवहार गरेको छ’, घिसिङले भने, ‘यदि दुवै सरकारले यी विषयमा चाँडो छलफल गरेर ब्रिटिश सरहकै व्यवहार गर्नुपर्छ ।’

३२ वर्षदेखि समानता, सम्मान र इज्जतका लागि संघर्षरत रहेको जनाउँदै घिसिङले ३ मेमा अल्टिमेटम दिएपनि चासो नदिएकोले १५ जुन २०२१ मा सडक प्रदर्शन गरेर बेलायनी प्रधानमन्त्री बोरिस जोनसनलाई पुनः स्मरण गराएको जनाए ।

ब्रिटिश आर्मी सरह नै गोर्खा ब्रिटिश आर्मीले पनि तलब, पेन्सन र सेवासुविधा पाउनुपर्ने उनीहरुको माग छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
शंकर गिरी

ट्रेन्डिङ

Advertisment