Comments Add Comment

धनगढीमा पानी निकासको विषयमा दुई वडाबीच विवाद

३ साउन, धनगढी । धनगढी उपमहानगरपालिकामा पानीको निकासको विषयमा दुुई वडाबीच विवाद सिर्जना भएको छ । उपमहानगरपालिकाको वडा नम्बर २ र ३ बीच वर्षापछि जमेको पानी निकासको विषयमा विवाद सिर्जना भएको हो ।

शनिबार रातिदेखि भइरहेको वर्षापछि जम्मा भएको पानी वडा नम्बर ३ बाट वडा नम्बर २ तर्फ बगिरहेकोमा डुुबान हुन थालेको भन्दै बहाव रोकेपछि विवाद सिर्जना भएको हो । कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले वडा नम्बर २ का स्थानीयले पानीको बहाव रोकेपछि विद्युत प्राधिकरण र घरहरु डुबानमा पर्न थालेपछि खोलाउन खोज्दा विवाद भएको जनाए ।

स्थानीयको अवरोध र आपसी विवादपछि जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले पानीको उचित निकास गर्ने निर्णय गरेको बताउँदै प्रजिअ रिजालले स्थानीयका बीचमा सहमति नहुँदा समस्या भइरहेको जनाए । नगर प्रमुख नृपबहादुर ओड, दुवै वडाका वडाध्यक्षसहितका अन्य जनप्रतिनिधिको उपस्थितीमा भएको निर्णय कार्यान्वयन गर्दै रोकिएको पानीलाई निकास दिइने उनले जानकारी दिए ।

तर वडा नम्बर २ का स्थानीयले भने कुनै पनि हालतमा वडा नम्बर ३ को पानी आफ्नो वडाबाट निकास गर्न नदिने अडान लिएका छन् । उनीहरुले उक्त पानीले वडा डुबानमा पर्ने भन्दै निकास हुन नदिने बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment