Comments Add Comment

नेपालमा स्कोडा कुशकको सुरुआती मूल्य ४९ लाख ९० हजार रुपैयाँ

३ साउन, काठमाडौं । नेपालका लागि स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले बहुप्रतिक्षित एसयुभी स्कोडा कुशकको मूल्य सार्वजनिक गरेको छ । एक्टिभ, एम्बिसन र स्टाइल गरी ३ टि्रम र ५ भेरियन्टमा उपलब्ध हुने कुशकको मूल्य ४९ लाख ९० हजार रुपैयाँदेखि ६५ लाख ९० हजार रुपैयाँसम्म तोकिएको छ ।

एमएडब्लुले नयाँ स्कोडा कुशकका लागि दुई साताअघि नै बुकिङ खुला गरिसकेको छ । नेपाली ग्राहकले साउन ११ गतेदेखि कुशकको टेस्ट ड्राइभ गर्न पाउनेछन् ।

नेपाली बजारमा कुशकको मूल्य निम्तअनुसार तोकिएको छ ।

भेरियन्ट मूल्य -नेरु)
एक्टिभ एमटी ४९,९०,०००
एम्बिसन एमटी ५३,९०,०००
एम्बिसन एटी ५८,९०,०००
स्टाइल एमटी ६०,९०,०००
स्टाइल एटी ६५,९०,०००

रोबस्ट र मस्कुलर लुक रहने कुशकले नेपाली एसयुभीप्रेमीको मन जित्ने अपेक्षा गरिएको छ । कुशकको अगाडिको भागमा चौडा र अद्वितीय स्कोडा गि्रल, डुअल हेलाइट सेटअप, एलईडी डिआरएल र फग ल्याम्प हुनेछ । साथै यसमा रुफ रेल र १७ इन्चको डाइमन्ड कट एलोइ ह्विल हुनेछ । साथै, पछाडिको भागमा स्प्वाइलर, फक्स लिस्भर डिफ्युजर, र्‍याप-अराउन्ड एलडी टेललाइट रहनेछ ।

यसको इन्टेरियर चालकलाई सहज बनाउन राखिएको ‘सिम्प्ली क्लेभर’ फिचर भएको आधुनिकता र सुन्दरताको उत्कृष्ट संयोजन हुनेछ । यसमा १०.० इन्चको टचस्त्रिmन इन्फोटेनमेन्ट सिस्टम, सनरुफ, भेन्टिलेटेड सिट, एम्बायन्ट लाइटिङ, कुल्ड ग्लोबबक्स, ५० वाटको सबवुफरसहितको सिक्स स्पिकर पनि रहनेछ ।

साथै, सुरक्षाका लागि यसमा ६ एअरब्याग, रियर पार्किङ क्यामेरा, आइसोफिक्स चाइल्ड सिट माउन्ट, अटो हेडल्याम्प र वाइपर र मल्टिकोलिजन ब्रेकिङ सिस्टम पनि हुनेछ । साथै इएससी सबै भेरियन्टमा हुनेछ जुन सेग्मेन्टमै पहिलो हो । साथै यसमा टायर प्रेसर मनिटरिङ र हिल होल्ड असिस्ट पनि हुनेछ ।

स्कोडा कुशकमा १.० लिटरको सबैभन्दा बढी पुरस्कृत टीएसआई इन्जिन हुनेछ जसले ११५ बीएचपी र १७८ एनएम टर्क उत्पन्न गर्नेछ जुन सेग्मेन्टमै सबैभन्दा बढी हो । टीएसआई इन्जिन ६ स्पिड म्यानुअल र अटोमेटिक ट्रान्समिसनमा उपलब्ध हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment