+
+
Shares

तालमा माछा मार्न गएका युवकको डुबेर मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ३ गते १९:४४

३ साउन, जनकपुरधाम । सर्लाहीको बागमती नगरपालिकास्थित भरत तालमा माछा मार्न गएका एक युवकको सोही तालमा डुबेर मृत्यु भएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा बागमती नगरपालिका वडा नम्बर १ निवासी १८ बर्षीय सुशान्त थापा छन् ।

नगरपालिकाको वडा नम्बर १२ स्थित उक्त तालमा थापासहित ७ जना युवक शनिबार माछा मार्न गएका थिए । अन्य युवाहरु सकुशल रहेकोमा थापा डुबेर वेपत्ता भएका थिए ।

वेपत्ता भएका थापाको शव आईतबार साँझ फेला परेको सर्लाही प्रहरीका प्रबक्ता एवं डीएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?