Comments Add Comment

म नकारात्मक कुरालाई वास्ता गर्दिनँः अदिती वुढाथोकी

चलचित्र क्षेत्रमा लागेपछि सकारात्मक र नकारात्मक कुरा दुबै आइरहन्छ । कतिपय कलाकारहरु सकारात्मक खबरमा खुशी हुने र नकारात्मक कुरामा आक्रोशित हुने गर्छन् । धेरै कलाकारलाई नेगेटिभ कुराले बढी प्रभाव पारेको देखिन्छ । यसैले, सेलिब्रिटी भैसकेपछि चर्चाका दुबै पाटोलाई एकसाथ अगाडि बढाउन आवश्यक छ भनिन्छ ।

नायिका अदिती वुढाथोकीले भने आफूले नेगेटिभ कुरालाई खासै वास्ता नगर्ने बताएकी छिन् । अदितीले जीवन निकै नै छोटो भएका कारण पनि आफ्ना शुन्य सपनाहरुलाई पुरा गर्नका लागि समय खर्चिनुपर्ने उल्लेख गरेकी छिन् । उनले आफू पोजिटिभ मानिसहरुको वरिपरी नै रहने भन्दै नेगेटिभ मानिसको नजिक आफू नजाने बताएकी छिन् । फ्यानको प्रश्नको उत्तर दिने क्रममा अदितीले आफू प्रेममा नरहेको पनि बताएकी छिन् ।

केही समय अगाडि अदितीको प्रेम चर्चा पनि भएको थियो । तर, अदितीले भने आफू अहिलेसम्म प्रेममा नरहेको र प्रेममा परेपछि फ्यानलाई जानकारी दिने उल्लेख गरेकी छिन् । अदितीले आफ्नो रिजर्भ बस्ने बानी भएको बताउँदै मानिसले सोचे जस्तै यसरी जिवन जिउँदा जीवन रोचक भने नहुने जवाफ दिएकी छिन् ।

चलचित्र ‘बाबरी’को छायांकन कोभिडका कारण रोकिएपछि अदिती मुम्बई पुगेकी छिन् । अदिती आफ्नो फ्यानहरुसँग साक्षात्कार गर्न पनि रुचाउँछिन् । उनको इन्स्टाग्राममा ११ लाख भन्दा बढी फलोअर्स छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment