Comments Add Comment

कुटपिट घट्नामा संलग्न रहेको आरोपमा सप्तरीबाट पाँचजना पक्राउ

४ साउन, सप्तरी । दुई साताअघि सप्तरीको खडक नगरपालिकामा कुटपिटबाट एकजनाको मृत्यु भएको घट्नामा संलग्न भएको आरोपमा प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ ।

खडक नगरपालिका ९ लालपट्टीमा टोलमा गत जेठ २४ गते राति वैदेशिक रोजगारीको बिषयमा भएको विवादका क्रममा कुटपिट गरिँदा स्थानीय मो. दाउदको मृत्यु भएको थियो ।

७० बर्षीय दाउदको मृत्युपछि फरार भएका कुटपिटमा संलग्न भएका पाँच जनालाई पक्राउ गरिएको सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।

पक्राउ पर्नेमा खडक नगरपालिका ९ बस्ने ३२ वर्षीय नजबुल मियाँ, ५५ बर्षीय वालिस भनिने कालिस मियाँ, ६० बर्षीय रफु भनिने रफुवा मियाँ, ४२ बर्षीय इजराइल मियाँ र ३२ बर्षीय जाकिर मियाँ छन् ।

उनीहरुलाई बोदे बर्साइन नगरपालिका ९ स्थित नेपाल भारत सीमा क्षेत्रमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको काफ्लेले जानकारी दिए । उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment