+
+

भारतको नयाँ दिल्लीमा अब काठमाडौंबाट सातामा ६ उडान

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ४ गते १७:४०

४ साउन, काठमाडौं । भारतको नयाँ दिल्लीमा अब काठमाडौंबाट सातामा कुल ६ उडान हुने भएको छ । अहिले भारतको नयाँ दिल्लीमा साताको दुई उडान भइरहेको छ । नेपाल एयरलाइन्सका महाप्रवन्धक डिमप्रसाद पौडेलका अनुसार अब नयाँ दिल्लीमा काठमाडौंबाट सोमबार, बुधबार र शनिबार नेवानिको उडान हुने छ ।

भारतबाट एयर इण्डियाले उडान तालिका तोक्नेछ । यसअघि सातामा दुई उडान मात्र हुँदा सीट उपलब्ध नहुँदा नयाँ दिल्लीको भाडा अत्यधकि महंगो भएको थियो । बढेको उडान २४ जुलाईबाट मात्र कार्यान्वयनमा आउने निगमले जनाएको छ ।

नेपाल र भारतबीच एयर बबल सम्झौता अनुसार उडान भइरहेको छ । सो सम्झौतामा उडान थप गर्न नेपालले प्रस्ताव गरेको थियो ।

प्रस्ताव स्वीकृत भएसँगै उडान संख्या बढेको हो । भारतको बैंलौर र मुम्बईमा भने तत्काल उडानको सम्भावना नरहेको नेपाल एयरलाइन्सको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?