+
+

एमाले बैठक आज पनि बस्दै

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ५ गते ७:४२

५ साउन, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज दिउँसो तीन बजे बस्दैछ । सोमबार शुरु भएको दशौं केन्द्रीय कमिटी बैठक दिउँसो तीन बजे ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानको कार्यालयमा बस्ने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।

सोमबारको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ जनालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । सोमबार सोधिएको स्पष्टीकरणबारे समेत आज निर्णय हुने तामाङले बताए ।

यसबाहेक विधान महाधिवेशनको तयारीका निम्ति समितिहरु घोषणा हुने सम्भावना रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?