Comments Add Comment

चामेका पहिरो पीडितको समस्या समाधान गर्न गृहमन्त्रीको निर्देशन

५ साउन काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले मनाङको चामेको पहिरो पीडितहरुको समस्या समाधान गर्न निर्देशन दिएका छन् ।

गृहमन्त्री खाँणले सोमबार मन्त्रालयमा सरोकारवालासँग छलफल गरी समस्या समाधान गर्न निर्देशन दिएका हुन् ।

छलफलमा गृहसचिव महेश्वर न्यौपाने, नेपाली सेनाका रथी प्रभुराम शर्मा, प्रहरी महानिरीक्षक शैलेश थापा र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठ, सडक विभागका महानिर्देशक अर्जुन थापा, उपरथी शरदलाल श्रेष्ठ र त्यहाँ काम गरिरहेका प्रमुख सेनानी (इञ्जिनियर) इन्दिवर गुरुङ थिए ।

पहिरोले मर्स्याङ्दीको बहाव परिवर्तन भएकाले त्यसलाई पहिलाकै अवस्थामा फर्काउने काम गर्न प्राविधिक समिति गठन गर्ने निर्णय पनि भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

साथै गृहमन्त्री खाँणले लम्जुङको बेसीसहरबाट चामेसम्म खाद्यान्न पुर्याउन नेपाली सेनाको हेलिकोप्टर प्रयोग गर्न निर्देशन दिएका थिए । मनाङको पहिरोको समस्याबारे पूर्वराज्यमन्त्री एवं नेपाली कांग्रेस मनाङका सभापति टेकबहादुर गुरुङले गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment