५ साउन, गोरखा । गोरखाको सिरानचोक गाउँपालिका–३ थानिस्वाँरामा भेटिएको मृगको पाठी डिभिजन वन कार्यालयलाई बुझाइएको छ । असार १५ गते गोठालो जाँदा स्थानीय सकुन्तला ढकालले उक्त मृगको पाठी फेला पारेकी थिइन् ।
‘गोठालो जाँदा मृगको पाठी फेला पारेर घर लानुभएछ,’ सव–डिभिजन वन कार्यालय पालुङटारका प्रमुख अर्जुनबहादुर अछामीले भने, ‘केही दिन घरमै पाल्नुभएछ, पछि आफन्तहरुले यसरी पाल्न मिल्दैन भनेपछि प्रहरीलाइ खबर गर्नुभएछ ।’
सोमबार इलाका प्रहरी कार्यालय हर्मी र सव–डिभिजन वन कार्यालयको टोली ढकालको घर पुगेर मृगको पाठी ल्याइएको अछामीले बताए । करीब डेढ महिनाको उक्त मृगको पाठी रतुवा जातको रहेको बताइएको छ । उचित वासस्थानमा छाड्ने तयारी भइरहेको अछामीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4