+
+

एनआरएनए पोल्याण्डको अध्यक्षमा जीवनकुमार केसी विजयी

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ५ गते १९:२९

बार्सिलोना । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् पोल्याण्डको अध्यक्षमा जीवनकुमार केसी निर्वाचित भएका छन्।

सोमबार सम्पन्न निर्वाचनमा मित्रलाल पार्देलाई ९१ मतले पराजित गर्दै केसी अध्यक्षमा विजयी भएका हुन् । निवर्तमान कार्यसमितिका उपाध्यक्षसमेत रहेका केसीले २१९ मत पाए भने पार्देले १२८ मत प्राप्त गरे ।

संघको छैठौं राष्ट्रिय अधिवेशनबाट अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्यमा २३५ मत ल्याएर गोपाल राई निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी टोपबहादुर गैरे छेत्रीले १११ मत प्राप्त गरे ।

निर्वाचन समितिले घोषणा गरेको अन्तिम मत परिणाम अनुसार उपाध्यक्षमा (दोस्रो) कवीन्द्र सुवेदी, महासचिवमा पवन खड्का, कोषाध्यक्षमा अनिल थापा, सचिवमा कुलबहादुर श्रेष्ठ, युवा संयोजकमा विवेक पौडेल विजयी भएका छन् ।

यस्तै कार्यसमिति सदस्य पदमा भवीन्द्र गाहा, भीमलाल उपाध्याय र विक्रम महर्जन विजयी भए ।

पोल्याण्डको विधान अनुसार तीन जना मात्र कार्यसमिति सदस्य निर्वाचित हुने व्यवस्था छ । कार्यसमिति सदस्यका लागि ६ जना चुनावी मैदानमा थिए।

यसअघि उपाध्यक्ष (प्रथम)मा प्रकाश तिवारी र महिला संयोजकमा गंगा पौडेल भने निर्विरोध चयन भैसकेका थिए।

चुनावमा हारजित हुन्छ सवैलाई समेट्छौ : अध्यक्ष केसी

निर्वाचनमा आफ्नो समूह नै विजयी भए पनि सबैलाई समेटेर अघि बढ्ने नवनिर्वाचित अध्यक्ष जीवनकुमार केसीले बताएका छन्। ‘चुनावमा हारजित हुन्छ। हामीबीच सहकार्य हुन्छ’ अध्यक्ष केसीले भने, ’मैले गरेका प्रतिवद्वताहरु पूरा गर्न पनि समुदायको नै सहयोग चाहिन्छ । हामी मिलेर नै एनआरएनए पोल्याण्डलाई अघि बढाउने छौ।’

उनले विधान परिवर्तन गर्नुपर्ने भएकाले त्यसप्रति पनि तयारी थाल्ने बताएका छन्।

एनआरएनए युरोप क्षेत्रका विभिन्न राष्ट्रिय समन्वय परिषदहरुमा धमाधम अधिवेशन भइरहेका छन् । यसअघि स्विट्जरल्याण्ड र लक्जम्वर्गले नयाँ नेतृत्व पाइसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?