+
+
Shares

पोखरीमा डुबेर बालिकाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ५ गते २१:२३

५ साउन, गोरखा । रोपाईं सकेर घर फर्कने क्रममा पोखरीमा डुवेर मंगलबार एक बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पालुङटार नगरपालिका–८ मुलावारीका वुधबहादुर नेपालीकी १३ बर्षकी छोरी ऋचा रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार रोपाइ सकेर घर फर्कदै गर्दा स्थानीय रनबहादुर गुरुङले खेतमा पानी लगाउन बनाएको पोखरीमा हात खुट्टा धुन गएकी उनी चिप्लिएर त्यही पोखरीमा खसेकी थिइन् । अचेत अवस्थामा स्थानीयले उनलाइ उद्धार गरेर धुवाकोट स्वास्थ्य चौकी पुर्‍याएका थिए ।

उपचारको क्रममा चिकित्सकले दिउँसो साढे दुई बजे बालिकालाई मृत घोषणा गरेको डिएसपी प्रकाश दाहालले बताए । शव पोष्टमार्टमका लागि गोरखा अस्पताल ल्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?