+
+

काेभिडकाे नयाँ भेरियन्टकाे डर बढ्याे : प्रधानमन्त्री देउवा

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ६ गते १३:४९

६ असार, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले देशमा काेभिडकाे नयाँ भेरियन्टकाे डर बढेको बताएका छन् ।

नेपाल उद्योग परिसंघकाे १८ औं वार्षिक साधारणसभालाई सम्बाेधन गर्दै प्रधानमन्त्री देउवाले कोभिडको पुराना असरबाट उठ्ने प्रयत्न गरे पनि नयाँ भेरियन्टकाे चर्चाले थप डर बढेकाे बताए ।

काेभिड प्रभावित उद्योग व्यवसाय बचाउन सरकारले राहत प्याकेज ल्याउने पनि प्रधानमन्त्रीकाे भनाइ छ । कार्यक्रममा बाेल्दै अर्थमन्त्री जनार्दन शर्माले काेभिड प्रभावित अर्थतन्त्र पुनरुत्थान गर्न काेभिड भ्याक्सिनसंगै राहतकाे प्याकेज ल्याउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?