Comments Add Comment

२०३२ को ओलम्पिक अष्ट्रेलियाको ब्रिसबनमा हुने

६ साउन, काठमाडौं । सन् २०३२ को ओलम्पिक अष्ट्रेलियाको ब्रिसबनमा हुने भएको छ ।

जापानमा हुने टोकियो ओलम्पिकको पूर्वसन्ध्यामा बुधबारभएको अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी आईओसीको बैठकले ब्रिसबनलाई २०३२ को आयोजकको रुपमा तोकेको हो । ब्रिसबनको मात्र दाबेदारी परेपछि आईओसीले त्यसलाई स्वीकृत गरेको हो ।

३२ वर्षपछि ओलम्पिक अष्ट्रेलिया फर्कन लागेको हो । यसअघि सन् २००० मा अष्ट्रेलियाको सिड्नीमा ओलम्पिक भएको थियो । २०३२ मा ब्रिसबनमा ओलम्पिक र पाराओलम्पिक दुवै हुनेछ ।

आईओसीका अध्यक्ष थोमस बाकले ब्रिसबनले सबैभन्दा राम्रो दाबेदारी पेश गरेको र अबको ११ वर्षमा उत्कृष्ट ओलम्पिक आयोजना गर्ने कमिटमेन्ट गरेको बताए ।

त्यसअघि २०२४ मा फ्रान्सको पेरिस र २०२८ मा अमेरिकाको लस एन्जलसमा ओलम्पिक आयोजना हुनेछ ।

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले सफल ओलम्पिक आयोजना गर्नुपर्ने विषयमा आफूहरु जानकार रहेको बताएका छन् । उनले अष्ट्रेलियाको लागि यो गर्वको क्षण रहेको समेत बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment