+
+
Shares

नहरमा डुबेर दुई बालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ६ गते २०:३१

६ साउन, चितवन । चितवनमा नहरमा डुबेर दुई जना बालकको बुधबार दिउँसो मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका वडा नं. २ क्षेत्रपुरस्थित खुल्ला चौर नजिकको नहरमा डुबेर सोही ठाँउमा बस्ने १६ बर्षका अंकित जोशी र १४ बर्षका विवेक शर्माको डुबेर मृत्यु भएको हो ।

प्रहरीका अनुसार क्रिकेट खेलेर नजिकै रहेको नहरमा हातखुट्टा धुने क्रममा विवेक शर्मा चिप्लिएर नहरमा खसेका थिए । उनलाई बचाउन जाने क्रममा अंकित जोशी समेत नहरमा डुबेका थिए ।

डुबेको ठाउँबाट दुई सय मिटर पर नहरबाट उद्धार गरी उपचारका लागि पठाइए पनि उनीहरुको उपचारको क्रममा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी सूर्यबहादुर थापाले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय चितवनले नारायणी नदी लगायतका नदी, खोला, नहरहरुले बगाएर तथा पानी जमेको पोखरीहरुमा डुबेर मृत्यु हुने घटना बढ्दै गएकोले नदी, खोला, नहर तथा पानी जमेको पोखरीहरुमा नजान तथा जानै परे पूर्ण सावधानी अपनाउन अनुरोध गरेको छ ।

आफ्ना बालबालिकालाई नदी, खोला, नहर तथा पानि जमेको पोखरीहरुमा खेल्न तथा नुहाउन जान नदिन पनि अभिभावकलाई आग्रह गरेको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?