Comments Add Comment

प्रि सिजन : बार्सिलोनाको सहज जित, मानाजको ह्याट्रिक

७ साउन, काठमाडौं । नयाँ खेलाडीहरुलाई डेब्युको अवसर दिएको प्रि-सिजन अन्तर्गतको मैत्रीपूर्ण खेलमा बार्सिलोनाले सहज जित हासिल गरेको छ ।

रे मानाजको ह्याट्रिकमा बार्सिलोनाले बुधबार राति भएको खेलमा तेस्रो डिभिजन क्लब जिम्नास्टिकलाई ४-० ले पराजित गरेको हो ।

बार्साका लागि अर्को गोल एलेक्स कोलाडोले गरे ।

खेलको ३८औं मिनेटमा एलेक्सले रातो कार्ड पाएपछि जिम्नास्टिक १० खेलाडीमा समेटिएको थियो । तर पहिलो हाफमा बार्साले गोल गर्न सकेन ।

दोस्रो हाफमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रपेश गरेका मानाज चम्किदा बार्सिलोनाले फराकिलो जित निकाल्यो ।

६०औं मिनेटमा मानाजले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । ८५औं मिनेटमा एलेक्सले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए ।

त्यसपछि मानाजले ८६औं र ९०औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment