Comments Add Comment

सिन्धुपाल्चोकका बाढी प्रभावितलाई ‘इन्द्रेणी’को ९० लाख सहयोग

टेलिभिजन कार्यक्रम ‘इन्द्रेणी’ले सिन्धुपाल्चोक बाढी प्रभावितका लागि अस्थायी आवास निर्माण गर्न झण्डै ९० लाख रुपैयाँ हस्तान्तरण गरेको छ । हेलम्बु गाउँपालिकामा १७ बाढी प्रभावित परिवारका लागि अस्थायी आवास निर्माण गर्न ६२ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ । मंगलबार ‘इन्द्रेणी’ कार्यक्रमका संचालक कृष्ण कँडेलले हेलम्बुका बाढी प्रभावितहरुकै उपस्थितिमा गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पालाई सो रकम हस्तान्तरण गरेका हुन् ।

भदौको अन्त्यमा अस्थायी आवास उद्घाटन हुने जनाइएको छ । त्यस्तै, मेलम्चीमा ५ बाढी प्रभावित परिवारलाई अस्थायी आवास निर्माणका लागि झण्डै १८ लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।

त्यस्तै भोटेकोशी गाउँपालिका –१ का बाढी प्रभावितलाई अस्थायी आवास निर्माणका लागि भन्दै ‘इन्द्रेणी’कार्यक्रमले सहयोग रकम हस्तान्तरण गरेको छ । गत असारमा झण्डै ४ लाख रुपैयाँ हस्तान्तरण गरिएकोमा बुधबार झण्डै ६ लाख रुपैयाँ हस्तान्तरण गरिएको कृष्ण कँडेलले जानकारी दिए । इन्द्रेणी कार्यक्रमले यसअघि पनि सिन्धुपाल्चोकका बाढी प्रभावितका लागि नगद तथा लत्ताकपडा सहयोग गरेको थियो ।

‘त्यहाँको अवस्थाको बारेमा कार्यक्रम प्रसारण गरेपछि देश–विदेशबाट थुप्रै दर्शकले सहयोग पठाउनुभएको थियो । सोही रकम हामीले हस्तान्तरण गरेका हौं’– कँडेलले अनलाइनखबरसँग भने । ‘इन्द्रेणी’ लोकदोहोरीसँग सम्बन्धित लोकप्रिय कार्यक्रम हो । यो कार्यक्रम हिमालय टेलिभिजनमा प्रसारण हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment