Comments Add Comment

पारिश्रमिकमा ७० प्रतिशत कटौती गरेर काम गर्दै भारती सिंह

कोरोनाका कारण भारतीय टेलिभिजन तथा चलचित्रका कलाकारहरुलाई समस्या पर्न थालेको छ । चलचित्र र सिरियलको काम सुरु नहुँदा कलाकारहरुको हातमा काम छैन । काम भएका कलाकारहरु पनि पारिश्रमिकमा भारी कटौती गर्दै काम गरिरहेका छन् ।

कमेडियन भारती सिंहले आफ्नो पारिश्रमिकमा ५० देखि ७० प्रतिशत कटौती गरेर काम गरिरहेको खुलाएकी छिन् । भारतीय मिडियासँगको अन्तरवार्तामा भारतीले ‘डान्स दिवाने’ होस्ट गर्नका लागि ७० प्रतिशत पारिश्रमिक कम गरेको उल्लेख गरेकी छिन् ।

यस्तै, उनले ‘द कपिल शर्मा शो’का लागि आफ्नो पारिश्रमिक आधा घटाएकी छिन् ।उनले भनेकी छिन्–‘यो समस्या मेरो मात्र होइन । अधिकांश कलाकारले पारिश्रमिक घटाउनु परेको छ । मैले पारिश्रमिक घटाएर काम गर्न धेरै पटक अस्विकार गरेँ । तर, मेरो अडान काम लागेन । फेरि मलाई लाग्यो कि टीभी कार्यक्रमका लागि विज्ञापनदाता मिलिरहेका छैनन् । यसैले, टीभी च्यानलको पनि आम्दानीको श्रोत बन्द भएको छ ।’

भारतीले हरेक मानिसहरु फेरि उभिने कोशिशमा लागेको भन्दै एक पटक राम्रो रेटिङ मिल्न थालेपछि विज्ञापन आउन थाल्ने आशा व्यक्त गरेकी छिन् ।

भारतीले भनिन्–‘जुन च्यानलसँग हामीले लामो समयदेखि काम गरिरहेका छौं, सोही च्यानल समस्यामा पर्दा हामीले पनि मद्दत गर्नुपर्छ । मैले घर चलाउनका लागि भएपनि कम पारिश्रमिकमा काम गर्न थालेकी हुँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment