Comments Add Comment

कैलाली र कञ्चनपुर भन्सारमा लक्ष्यभन्दा बढी राजश्व संकलन

७ साउन, धनगढी । कैलाली र कञ्चनपुर भन्सार कार्यालयले लक्ष्यभन्दा बढी राजश्व संकलन गरेका छन् ।

आर्थिक वर्ष २०७६-७७ मा निर्धारित वार्षिक लक्ष्यअनुसारको राजश्व संकलन गर्न नसकेको दुवै भन्सार कार्यालयले आर्थिक वर्ष २०७७-७८ मा बढी राजश्व संकलन गरेका हुन् । आठ अर्ब २१ करोड वार्षिक राजश्व संकलन गर्ने लक्ष्य राखेको कैलाली भन्सार कार्यालयले सात प्रतिशत बढी असुली गरेको छ ।

कार्यालयले आठ अर्ब ८४ करोड १४ लाख रुपैयाँ राजश्व संकलन भएको जनाएको छ । जसमा भन्सार महसुल वापत पाँच अर्ब ४८ करोड, मुल्य अभिबृद्धि कर वापत तीन अर्ब १२ करोड र अन्त शुल्क वापत २३ करोड ३३ लाख रुपैयाँ राजश्व संकलन गरेको छ ।

अघिल्लो आर्थिक वर्षमा भने कैलाली भन्सार कार्यालयले कुल लक्ष्यको ७३.४१ प्रतिशत राजश्व मात्र संकलन गरेको थियो । ६ अर्ब ७० करोड ३१ लाख राजश्व संकलन गर्ने लक्ष्य राखेकोमा आर्थिक वर्षको अन्तमा चार अर्ब ९२ करोड अथात् २७ प्रतिशत कम राजश्व संकलन भएको थियो ।

कैलाली भन्सार कार्यालयकी सूचना अधिकारी समेत रहेकी भन्सार अधिकृत अम्बिका केसी आर्थिक वर्ष २०७६-७७ मा कोरोना भाइरसको महामारी नियन्त्रण तथा रोकथामका लागि जारी निषेधाज्ञाका कारण लक्ष्यअनुसारको राजश्व संकलन गर्न नसकेको बताउँछिन् ।

आर्थिक वर्ष २०७७-७८ मा निषेधाज्ञा लागू भएपनि छोटो अवधिका लागि हुँदा खासै समस्या नभएकै कारण भन्सार कार्यालय लक्ष्यभन्दा ७ प्रतिशत बढी राजश्व संकलन गर्न सफल भएको उनले बताइन् ।

कञ्चनपुरमा लक्ष्यको ४ प्रतिशत बढी राजश्व संकलन

कञ्चनपुर भन्सार कार्यालयले पनि वार्षिक लक्ष्यभन्दा बढी राजश्व संकलन गरेको छ । आर्थिक वर्ष २०७७-७८ मा ३५ करोड ६७ लाख संकलन गर्ने लक्ष्य राखेको कार्यालयले ३७ करोड ३९ लाख रुपैयाँ राजश्व असुली गरेको छ । जुन कुल लक्ष्यको ४ प्रतिशतले बढी हो ।

अघिल्लो आर्थिक वर्षमा भने भन्सार कार्यालयले लक्ष्यको ५४ प्रतिश राजश्व मात्र संकलन गर्न सकेको थियो । ४८ करोड ६८ लाख राजश्व संकलन गर्ने लक्ष्य राखेको कार्यालयले २६ करोड २८ लाख मात्र संकलन गरेको थियो । भन्सार कार्यालय कञ्चनपुरले पनि कोरोना भाइरसको संक्रमणका लागि जारी निषेधाज्ञाकै कारण अघिल्लो वर्ष कम प्रगति भएको जनाएको छ ।

कैलाली भन्सारबाट साढे ६ करोड बढीको इन्धन आयात

लक्ष्यभन्दा ७ प्रतिशत बढी राजश्व संकलन गरेको कैलाली भन्सार कार्यालयबाट आर्थिक वर्ष २०७८-७९ मा सबैभन्दा धेरै इन्धान आयात भएको पाइएको छ । भन्सार कार्यालयको तथ्यांक अनुसार गौरीफन्टा नाका हुँदै वर्षभरी पाँच अर्ब ३५ करोडको डिजेल र एक अर्ब ४३ करोड मूल्यको पेट्रोल आयात भएको छ ।

डिजेलमा तीन अर्ब २५ करोड र पेट्रोलमा एक अर्ब ३३ करोड राजश्व संकलन भएको भन्सार कार्यालयले जनाएको छ । इन्धनपछि सबैभन्दा बढी ५४ करोड ४० लाख मूल्य बराबरको चिनी आयात भएको छ । जसबाट भन्सार कार्यालयले ३१ करोड २७ लाख राजश्व संकलन गरेको छ ।

४९ करोडको दालमोट, पापड, भुजिया आयात हुँदा २६ करोड ९३ लाख राजश्व संकलन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment