८ साउन, चितवन । नेपाली सेनामा कार्यरत भरत गुरुङको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।
नेपाली सेनामा कार्यरत धादिङ घर भएका ३६ वर्षीय गुरुङको बिहीबार चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १७ मा शव फेला परेको थियो ।
उनको टाउकोमा गोली लागेको थियो । घटनास्थलबाट गोलीको खोका समेत बरामद भएको थियो ।
उक्त घटनाको अनुसन्धानको क्रममा प्रहरी बिहीबार नै एकजनालाई पक्राउ गरेको हो । ती व्यक्तिको साथबाट एकथान हतियार समेत बरामद गरेको प्रहरी स्रोतले जानकारी दिएको छ ।
पक्राउ परेका व्यक्ति र घटनाको सम्बन्धमा प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिंदै छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4