+
+

माइतीघरमा नेपाल शिक्षक महासंघको तीन घन्टा धर्ना

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ८ गते १३:१३

८ असार, काठमाडौं । आन्दोलनरत् नेपाल शिक्षक महासंघले काठमाडौंको माइतीघर मण्डलामा तीन घण्टा धर्ना दिएका छन् । सरकारले तोकेको पोशाकमा उपस्थित भई शुक्रबार शिक्षकहरुले धर्ना दिएका हुन् ।

प्रारम्भिक बालकक्षा शिक्षक र विद्यालय कर्मचारीको तलब वृद्धि, गुणस्तरीय शिक्षाको लागि राज्यले कुल बजेटको २० प्रतिशत लगानी गर्नुपर्ने, राष्ट्रिय शिक्षा ऐन जारी गर्नुपर्ने, संवैधानिक प्रबन्धमा परिवर्तन गर्नुपने लगायतका माग १४ सूत्रीय माग राखी शिक्षक महासंघ आन्दोलनमा छ ।

आफूहरुले राखेका मागमध्ये हालसम्म कोरोना खोपसम्बन्धी मात्रै सुनुवाइ भएको महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले बताए । प्रारम्भिक बालकक्षाका शिक्षक र विद्यालय कर्मचारीको तलब बृद्घि गर्ने निर्णय गरे पनि स्पष्ट नभएको उनले बताए ।

सरकारले प्रारिम्भक बाल कक्षाका शिक्षक र विद्यालय कर्मचारीको तलब वृद्घि गरेर १५ हजार दिइने बजेट वक्तव्यमार्फत घोषणा गरेको थियो । जसमा संघीय सरकारले आठ हजार र बाँकी स्थानीय तहले बेहोर्नुपर्ने जनाएको थियो । महासचिव सुवेदीले भने, ‘यो निर्णय स्पष्ट छैन । यसलाई स्पष्ट पार्नुपर्छ भन्ने माग हो ।’

यता नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघ नेपालले भने बिहीबार संघीय सरकारको उक्त निर्णय कार्यान्वयन गर्न नसक्ने बताइसकेका छन् ।

संघीयतामा तहगत सरकारले बजेटमार्फत घोषणा गरेका कार्यक्रमको आर्थिक दायित्व पनि स्वयं कार्यक्रम घोषणा गर्ने सरकारको नै हुने भएकोले यस प्रकारको कार्यक्रम कार्यान्वयन गर्न गाउँपालिका/नगरपालिकाहरु बाध्य नहुने उनीहरुले बताएका छन् ।

बिहान १० बजेदेखि शुरु भएको धर्ना कार्यक्रम दिउँसो एक बजेसम्म हुने महासंघले जनाएको छ । महासंघले भदौ ११ गतेसम्म हरेक शुक्रबार विभिन्न आन्दोलनको घोषणा गरेको छ ।

तस्वीर : चन्द्रबहादुर आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?