+
+
Shares

मधेश भवन अगाडि आज सातौं दिन पनि सांसदहरु धर्नामा

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १ गते ११:२०

१ मंसिर, जनकपुरधाम । मधेश सरकार गठन बदरको माग गर्दै सात दलीय गठबन्धनका प्रदेश सांसदहरू आज सातौं दिनपनि मधेश भवन अगाडि धर्ना बसेका छन् ।

नेपाली कांग्रेस, जसपा नेपाल, जनमत, नेकपा माओवादी केन्द्र, लोसपा, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टी एकसातादेखि मधेश भवन अगाडि धर्ना दिँदै आएका छन् ।

संविधानको धारा १६८ को ३ बमोजिम तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले ठूलो दलको हैसियतमा नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवको नेतृत्वमा गठन भएको सरकार असंवैधानिक रहेकोले बदर हुनुपर्ने सातदलीय गठबन्धनको माग छ ।

यस्तै उनीहरु सर्वोच्च अदालतमा सरकार गठनविरुद्ध दिएको रिटमाथि आज पनि सुनुवाइ रहेको छ । सभामुख रामचन्द्र मण्डलमाथि पनि महाभियोग लगाएर सात दलीय गठबन्धन निरन्तर आन्दोलनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?