+
+
Shares

त्रिभुवन विमानस्थलमा यात्रुलाई सहजीकरण गर्न स्वयमसेवक

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ८ गते १४:११

८ साउन, काठमाडौं । त्रिभुवन विमानस्थलमा यात्रुको सहजीकरणका लागि स्वयमसेवक खटिएका छन् । विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलमा यात्रुको सहजीकरणमा स्वयमसेवकले काम गर्ने विमानस्थलका महाप्रवन्धक प्रताप तिवारीले जनाएका छन् ।

गीता एभिएसन, एयरलाइन्स अपेरेटर्स एसोसिएसन अफ नेपाल र नेपाल रेडक्रस सोसाइटीको समन्वयमा विमानस्थलमा स्वयमसेवक खटाइएको हो ।

कोरोना भाइरसको महामारीकाबीच लागू गरिएका विभिन्न नियमहरुको पालनामा अलमल हुँदा, आवश्यक कागजात र विवरण भर्ने काममा समेत यात्रुले स्वयम् सेवकको सेवा दिन सक्ने छन् ।

अहिले निश्चत मुलुकहरु तोकेर हवाई उडान खुला गरिएको छ । आन्तरिक गन्तब्यमा भने माग अनुसार नै उडान खुला गरिएको छ । सोहीकारण आन्तरिक र अन्तर्राष्ट्रिय दुबै टर्मिनलमा यात्रुको चाप बढिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?