Comments Add Comment

वात्सल्यमा ४० वर्षमाथिका महिलाका लागि नि:शुल्क टीभीएस जाँच र विशेषज्ञ परामर्श

८ असार, काठमाडौं । नि:सन्तान दम्पतिका लागि नेपालमै अन्तर्राष्ट्रिय स्तरको सेवा-सुविधा उपलब्ध गराउन शुरुवात गरेका केही स्वास्थ्य सँस्था मध्येको एक वात्सल्य आईभिएफले निरन्तर आफ्नो सेवालाई थप गुणस्तरीय बनाएको छ।

सफलता दर अझ उच्च बनाउन यसले हालैमा स्पर्म डीएनए फ्राग्मेन्टेसन र हाइकोसी जस्ता नयाँ प्रविधि भित्र्यायो तर आईभिएफ सफलता प्रविधिसँगै उपचारमा संलग्न विशेषज्ञ, दम्पतिको उच्च मनोबल, सकारात्मक सोच र विशेषज्ञको विशेष निगरानी जस्ता मनोवैज्ञानिक कारणले पनि प्रभावित हुन्छ।

नि:सन्तान विशेषज्ञ को मिजासिलो व्यवहार, उचित परामर्श, आवश्यक चेक-जाँचका लागि उपलब्धता  आदिले पनिसफलतामा निकै ठूलो भूकिमा खेल्ने देखिएको छ । त्यसैले सेवाग्राहीलाई निजीकृत सेवा प्रदान गर्न वात्सलले आफ्नो नि:सन्तान विशेषज्ञको संख्या वृद्धि गरेको छ ।

वात्सल्यमा आबद्ध दुई नयाँ विशेषज्ञमध्ये डा. सुमी मुनाकर्मी विगत ५ वर्षदेखि यसै क्षेत्रमा कार्यरत छिन् र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान बाट एमडीमा गोल्ड मेडलिष्ट पनि छिन् ।

यस्तै डा. निजा राजभण्डारीले लखनउमा छात्रवृत्तिमार्फत् आईभीएफ सम्बन्धी  अध्ययन गरे । विगत ३ वर्षको सेवामा आफ्नो कार्य दक्षताका कारण उनले ‘सर्वोत्कृष्ट कर्मचारी’ उपाधि पनि प्राप्त गरे । उपचारमा उनीहरुको संलग्नताले सफलता दरमा थप टेवा पुग्ने विश्वास वात्सल्यले लिएको छ ।

खासगरी ४० वर्ष माथिका महिलाले धेरै वर्ष सन्तान प्राप्त गर्न नसक्दा हरेश खाइसकेका हुन्छन् । उचित निदान र उपचार गरे  सन्तान प्राप्ति सम्भव भएको कारण, आधुनिक उपचारको सम्भावना पहिल्याउन मद्दत गर्न वात्सल्यले उहाँहरुको लागि श्रावण मसान्त सम्म लागू हुने गरी नि: शुल्क टिभिएस जाँच तथा नि:शुल्क चिकित्सक परामर्शको योजना ल्याएको छ ।

यसले आईयूआई/भीआईएफका साथै अन्य नि:सन्तान उपचार विधिबारे जान्ने/बुझे मौका प्रदान गर्ने विश्वास वात्सल्यले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment