Comments Add Comment

पल भन्छन्–‘पर्खी बसे २’मा काम गर्ने पक्का भएको छैन’

म्यूजिक भिडियोमा जमिरहेका नायक पल शाह चलचित्रमा पनि माग भएका कलाकार हुन् । उनलाई लिएर चलचित्र बनाउन चाहनेहरुको संख्या कम छैन । पलले अभिनय गरेको ‘म यस्तो गीत गाउँछु २’ रिलिजको तयारीमा छ । उनै, पल शाहको जोडी पछिल्लो समयमा नायिका मलिका महत्तसँग निकै रुचाइएको छ । पल र मलिकाले चार वटा म्यूजिक भिडियोमा एकसाथ काम गरिसकेका छन् । म्यूजिक भिडियोमा सर्वाधिक रुचाइएपछि पल र मलिकालाई लिएर चलचित्र बनाउन निर्माताहरु लालयित छन् । तर, यो जोडीलाई केन्द्र मोशन पिक्चर्सले एकसाथ चलचित्रमा ल्याउने तयारी गरेको छ । जसको स्क्रिप्ट माओत्से गुरुङले लेखिरहेका छन् ।

यसैविच, पल र मलिकाको जोडीलाई लिएर गोपिकृष्ण मुभिजले चलचित्र ‘पर्खी बसे २’ बनाउन लागेको खबरहरु सार्वजनिक भएका छन् । गोपिकृष्ण मुभिजले निर्माण गर्ने यो चलचित्रलाई सौरभ चौधरीले निर्देशन गर्दैछन् । सौरभले चलचित्र ‘प्रसाद २’पछि ‘पर्खी बसे २’को काम सुरु गर्ने बताए ।

नायक पल शाहले भने चलचित्रको बिषयमा विभिन्न चरणमा कुराकानी भएपनि स्क्रिप्ट आफूले नसुनेको बताएका छन् । अनलाइनखबरसँग कुरा गर्दै पलले भने–‘मसँग चलचित्रको बिषयमा कुराकानी भएको छ । तर, निर्मात्री निकिता पौडेल र निर्देशक सौरभ चौधरीसँग भने भेटघाट गरेर कुराकानी हुन पाएको छैन । मैले र मलिकाले पहिले स्क्रिप्ट सुन्छौं अनी कुरा अगाडि बढाउँला भनेका छौं ।’ पलका अनुसार, चलचित्रको बिषयमा मध्यस्तकर्ता गर्ने व्यक्तिसँग मात्र केही चरणमा कुरा भएको छ ।

निर्मात्री निकिता पौडेलले भने पल र मलिकासँग लिखित संझौता मात्र हुन बाँकी रहेको प्रतिक्रिया दिएकी छिन् । तर, नायक शाहले भने स्क्रिप्ट पढिसकेपछि चलचित्र गर्ने वा नगर्ने बिषयमा टुंगो लाग्ने बताए ।
वि.सं २०६५ सालमा निर्माण भएको दिपक श्रेष्ठ निर्देशित चलचित्र ‘पर्खी बसे’मा राजवल्लभ कोइराला र यूना उप्रेतीको मुख्य भूमिका थियो । सांगीतिक लभ स्टोरी यो चलचित्र बक्स अफिसमा हिट भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment