+
+
Shares

कोरोना खोप लगाएको तीन घण्टा नबित्दै एक वृद्धको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ८ गते १६:१४

८ साउन, काठमाडौं । धादिङमा कोभिड-१९ विरुद्धको जोनसन एण्ड जोनसन खोप लगाएका एक वृद्धको मृत्यु भएको छ । यद्यपि उनको मृत्युको कारण भने खुल्न सकेको छैन ।

धादिङको निलकण्ठ नगरपालिका–६ का ७८ वर्षीय वृद्धको खोप लगाएको झण्डै पौने तीन घण्टा पछि मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय धादिङका स्वास्थ्य प्रमुख डा. भुवन पौडेलले जानकारी दिए ।

डा. पौडेलले अनलाइनखबरसँग भने, ‘सुनौला बजार स्वास्थ्य केन्द्रमा उहाँले आज विहान साढे ११ बजे तिर खोप लगाउनु भएको रहेछ । आधा घण्टा जति खोप केन्द्रमा आराम गरेपछि घर जानु भएको रहेछ । तर त्यसको झण्डै एकघण्टा पछि उहाँ बेहोस जस्तो हुनुभएपछि फेरि स्वास्थ्य केन्द्रमा परिवारका सदस्यले ल्याएका रहेछन् ।’

स्वास्थ्य केन्द्रमा प्राथमिक उपचारपछि उनलाई थप उपचारका लागि जिल्ला अस्पताल धादिङ ल्याएकोमा उपचारका क्रममा २ः१५ बजे चिकित्सकले मृत घोषणा गरेको डा. पौडेलले बताए ।

डा. पौडेलका अनुसार स्वास्थ्य केन्द्र नजिकै घर रहेका वृद्ध क्रोनिक डाइबेटिजका बिरामी थिए । परिवारका सदस्यका अनुसार एक पटक मात्रै लगाए हुने जे एण्ड जे खोप लगाउन उनले अरु खोप लगाएका थिएनन् । वृद्धको मृत्यु के कारणले भयो भन्नेबारे केही नखुलेको डा. पौडेल बताए ।

वृद्धको मृत्युबारे स्वास्थ्य मन्त्रालयलगायत अन्य सम्बन्धित ठाउँमा रिपोर्ट दिने काम भइसकेको उनले बताए ।

धादिङका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले खोप लगाएका एक वृद्धको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जानकारी आफूले पाएको बताए । अन्य विषयमा बुझ्ने काम भइरहेको उनको भनाइ छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?