Comments Add Comment

कोरोनाले रोकिएको ‘मुन्द्रेको कमेडी क्लब’ सोमबारदेखि प्रशारणमा आउने

कोरोनाको दोस्रो लहर शुरु भएसँगै गरिएको निषेधाज्ञाका कारण रोकिएको कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’को नयाँ भागको छायाँकन शुरु गरिएको छ । आगामी सोमबारदेखि शोलाई नियमित प्रशारणमा ल्याउने तयारीका साथ छायाँकन शुरु गरिएको कार्यक्रमका निर्देशक तथा कलाकार जीतु नेपालले जानकारी दिएका छन् । निषेधाज्ञाको समयमा ‘मुन्द्रेको कमेडी क्लब’मा पुरानै भागहरु प्रशारण हुँदै आएको थियो ।

जीतुले आगामी दिनमा पनि दर्शकहरुको चाहानालाई मध्यनजर गरेर कार्यक्रमलाई अगाडि बढाइने बताएका छन् । ‘हामीलाई विभिन्न कठिनाईहरु छन् । कत्ति कुराहरु चाहेर पनि गर्न नसकिने बाध्यता पनि छन् । सानो देश छ, सानो व्यापार छ । त्यसमा पनि कोरोनाले सबै क्षेत्र थिलोथिलो बनाएको छ’ जीतु लेख्छन्–‘र पनि हामी जसोतसो अगाडि बढ्ने कोशिस गर्दैछौं ।’

आफूहरुका लागि दर्शकहरुको साथ, हौसला र समर्थन भने चाहिने जीतु बताउँछन् । नेपाल टेलिभिजनबाट सोमबार बेलुका प्रशारण हुँदै आएको ‘मुन्द्रेको कमेडी क्लब’ लोकप्रिय कमेडी कार्यक्रम अन्तर्गत पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment