+
+
Shares

५० मेगावाटको मेवा खोला आयोजनामा बैंकहरुबाट ७ अर्ब लगानी

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ८ गते १९:३८

८ साउन, काठमाडौं ।  ताप्लेजुङ्गको साविक थुकिमा, लिङतेप एवं खाम्लुङ्ग गाविस (हालको मेरिङदेन गाँउपालिका) मा निर्माण हुने युनाइटेड मेवा खोला हाइड्रोपावर प्रालि प्रवर्द्धक रहेको ५० मेगावाट क्षमताको मेवा खोला जलविद्युत आयोजनामा सिटिजन्स बैैंक इन्टरनेसनलको अगुवाईमा लगानी जुटेको छ ।

जसमा कुमारी बैंक, मेगा बैंक नेपाल, नेपाल इन्फ्रास्ट्रचर बैंक, सिद्धार्थ बैंक, नेपाल एसबीआई बैंक र सिभिल बैँकसहित ७ बैंकहरुले रु. ७०० करोड रुपैयाँ (रु.६७५ करोड आवधिक कर्जा र रु.२५ करोड चालु पूजी कर्जा) ऋण लगानी गर्ने गरी प्रवर्द्धक कम्पनी एवं बैँकहरुबीच विहिबारका दिन वित्तीय व्यवस्थापनका लागि सहवित्तीयकरण सम्झौतामा हस्ताक्षर भएको छ ।

परियोजनाको अनुमानित लागत करीब रु.९ अर्ब मा बैंकहरुले ७५:२५ को ऋणःस्वपुँजी अनुपातमा रु.६ अर्ब ७५ करोड बराबरको ऋण लगानी गर्नेछन् ।

यसमध्ये सिटिजन्स बैंकबाट रु.१ अर्ब ४५ करोड, कुमारी बैंकबाट रु.१ अर्ब, मेगा बैंक नेपालबाट रु.१ अर्ब, नेपाल इन्फ्रास्ट्रचर बैंकबाट रु.१ अर्ब नेपाल एस.बि.आइ बैंकबाट रु.८० करोड,सिद्धार्थ बैंकबाट रु.१ अर्ब, र सिभिल बैंक बाट रु.५० करोड लगानी हुनेछ भने २५ प्रतिशत स्वपुँजी प्रवर्द्धकहरुबाट जुटाइने छ ।

आयोजनाको निर्माण आगामी तीन वर्ष भित्रमा नै निर्माण सम्पन्न गरी विद्युत उत्पादन गर्ने लक्ष्य छ, जसका लागि नेपाल विद्युत प्राधिकरण, विद्युत विकास विभाग, वन तथा वातावरण मन्त्रालय लगायत सरोकारवाला निकायहरुम्ाा गर्नुपर्ने सबै कानूनी प्रत्र[mया पुरा गरी आयोजना निर्माणाधीन अवस्थामा रहेको व्यहजानकारी दिइएको छ ।

निर्माण सम्पन्न पश्चात उत्पादित बिजुली नेपाल विद्युत प्राधिकरणको कोशी कोरिडोर अन्तर्गको ढुङ्गेसाँघुस्थित सबस्टेशनमा जोडिने छ । आयोजनाबाट हिउँदमा ९७.४२४ गिगावाट घन्टा र वर्खामा २०५.५८७ गिगावाट गरी बाषिर्क ३०३.०११ गिगावाट घन्टा विद्युत उत्पादन हुन्छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?