
२७ असोज, काठमाडौं । देशका विभिन्न स्थानमा सोमबार तीन जना मृत फेला परेका छन् ।
प्रहरीका अनुसार उदयपुर, कपिलवस्तु र रुपन्देहीमा गरी तीन जना मृत फेला परेका हुन् ।
उदयपुरको बेलका नगरपालिका-३ दुर्गा मन्दिर टोल बस्ने ७६ वर्षीया सितामाया राई आफ्नै घर नजिकै सोमबार मृत अवस्थामा फेला परेकी हुन् ।
यसैगरी कपिलवस्तुको वाणगंगा नगरपालिका-२ स्थित प्रतिभा सामुदायिक जंगलमा पहिचान खुल्न नसकेका करिब ४० वर्षीय पुरूष मृत फेला परेका हुन् ।
यसैगरी रूपन्देहीको कञ्चन गाउँपालिका-३ हरैया हाटबजार बस्ने ५५ वर्षीया बेलमती क्षेत्री सोही ठाउँस्थित सार्वजनिक पोखरीमा मृत फेला परेको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4