News Summary
Generated by OK AI. Editorially reviewed.- ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–५ मा कार्यरत ४० वर्षीय यमराज लिम्बू मृत अवस्थामा फेला परेका छन्।
- लिम्बू फागुन ८ गते घर जान्छु भनेर हिँडेका थिए र चैत १ गते खोजतलासका लागि निवेदन परेको थियो।
- उनको शव फक्ताङलुङ गाउँपालिका–२ को मेथेन खोलमा सडेगलेको अवस्थामा फेला परेको छ र पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ।
१६ चैत, ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–५ मा रहेको अपर तमोर हाइड्रो कम्पनीमा कार्यरत एक युवक मृत अवस्थामा फेला परेका छन् ।
तेह्रथुमको म्याङ्लुङ नगरपालिका–१, गैरी गाउँका ४० वर्षीय यमराज लिम्बू मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
गत फागुन ८ गते घर जान्छु भनेर हिँडेका लिम्बू हालसम्म सम्पर्कमा नआएको भन्दै चैत १ गते खोजतलासका लागि हुलियासहित निवेदन परेको थियो ।
सोही आधारमा खोजी कार्य गर्दै जाँदा आइतबार फक्ताङलुङ गाउँपालिका–२ मा मेथेन खोलमा सडेगलेको अवस्थामा लिम्बूको शव फेला परेको ताप्लेजुङका प्रहरी निरीक्षक जटाशङ्कर यादवले जानकारी दिए ।
घटनास्थलमा पुगेर अनुसन्धान गर्ने क्रममा मृतकको बायाँ हातमा रहेको ट्याटुका आधारमा शवको पहिचान गरिएको प्रहरीले जनाएको छ ।
शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ताप्लेजुङमा ल्याइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4