+
+
Shares

सुनकोशीमा माछा मार्दा बेपत्ता भएका पुरुष ५ दिनपछि मृत फेला

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १४ गते १२:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लिम्चुङबुङ गाउँपालिका–४ का ५१ वर्षीय शमशेर राई सुनकोशी नदीमा माछा मार्ने क्रममा पाँचदिनपछि मृतावस्थामा फेला परेका छन्।
  • शमशेर राई गत मङ्गलबार साँझ ३ बजे साथीहरूसँग माछा मार्न गएका बेला नदीमा बेपत्ता भएका थिए।
  • उनको शव रौतामाई गाउँपालिका भदौरेस्थित सुनकोशी किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख राजन चापागाईंले बताए।

१४ वैशाख, गाईघाट (उदयपुर) । सुनकोशी नदीमा माछा मार्ने क्रममा बेपत्ता भएका लिम्चुङबुङ गाउँपालिका–४ जाँतेका ५१ वर्षीय शमशेर राई  पाँचदिनपछि मृतावस्थामा फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार गत मङ्गलबार गाउँका साथीहरुसँग सुनकोशीमा माछा मार्न गर्न गएका राई बेलुकी ३:०० बजे नदीमा बेपत्ता भएका थिए ।

स्थानीय र प्रहरीको खोजीपछि शनिबार साँझ राईको शव जिल्लाको रौतामाई गाउँपालिकाको भदौरेस्थित सुनकोशी किनारमा फेला परेको  जिल्ला प्रहरी कार्यालयका प्रमुख राजन चापागाईंले बताए ।

घटनास्थल जिल्ला प्रहरी कार्यालयदेखि १८ कोशी उत्तरी पहाडी क्षेत्रमा रहेको  छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?