+
+
Shares

मकवानपुरमा दुई सातादेखि बेपत्ता व्यक्ति मृत फेला

थिङको खोजतलास गर्ने क्रममा सडेको अवस्थामा शव फेला परेको प्रहरी नायब उपरीक्षक बोगटीले बताए ।    

रासस रासस
२०८२ चैत १५ गते १४:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मकवानपुरको राक्सिराङ गाउँपालिका–५ निवासी ६१ वर्षीय कामीसिंह थिङ मृतावस्थामा फेला परेको छ।
  • थिङको शव मनहरी–७ स्थित कालिका सामुदायिक वन उपभोक्ता समूहअन्तर्गत ठूलो खोल्सी क्षेत्रमा फेला परेको प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले बताए।
  • थिङ गत फागुन २९ गते घरबाट बेपत्ता भएका थिए र उनको खोजतलास गर्ने क्रममा शव सडेको अवस्थामा फेला परेको छ।

१५ चैत, बागमती ।  विगत दुई सातादेखि हराइरहेका मकवानपुरको राक्सिराङ गाउँपालिका–५ निवासी ६१ वर्षीय कामीसिंह थिङ मृतावस्थामा फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीका अनुसार थिङको शव जिल्लाको मनहरी–७ स्थित कालिका सामुदायिक वन उपभोक्ता समूहअन्तर्गत ठूलो खोल्सी क्षेत्रमा शनिबार साँझ फेला परेको हो ।

लामो समयदेखि मानसिक समस्या भोग्दै आएका थिङ गत गत फागुन २९ गते घरबाट बेपत्ता भएको जनाउँदै परिवारजनले खोजतलाशका लागि प्रहरीमा निवेदन दिएका थिए ।

थिङको खोजतलास गर्ने क्रममा सडेको अवस्थामा शव फेला परेको प्रहरी नायब उपरीक्षक बोगटीले बताए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बोगटीले बताए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?