+
+

श्राद्धको भोज खान गएका युवक भारतमा मृत भेटिएपछि परिवार शोकमा

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ८ गते २१:४२

८ साउन, जनकपुरधाम । श्राद्धको भोज खान भारत गएका छोरा मृत अवस्थामा भेटिएपछि धनुषाको शहीदनगर नगरपालिका–९ को एक परिवार शोकमा डुबेको छ । २७ असारको रातिदेखि बेपत्ता भएका २३ वर्षीय दीपेश रजकको परिवार शोकमा डुबेको हो ।

साथीसँगै भोज खान भारत गएका उनी एक्कासी सम्पर्कविहीन भएपछि चौतर्फी खोजतलास गरिएको थियो । खोजी गर्ने क्रममा दीपेशको शव बिहारको छतौनी पञ्चायतस्थित बछराजा नदीमा प्रहरीले मृत अवस्थामा फेला पारेको थियो । उनका बुवा सतिशनारायण भारत पुगेर नेपाल शव लिएर आएका थिए ।

धनुषाका प्रहरी प्रवक्ता मकेन्द्रकुमार मिश्रले शव नेपाल ल्याउँदा शरीरमा केही चोटपटक लागेको देखिएको बताए ।

दीपेश वैदेशिक रोजगारीबाट ६ महिना अघि मात्र नेपाल फर्किएका थिए । उनी पुनः वैदेशिक रोजगारीमा जाने तयारीमा थिए ।

दीपेशका पिता सतिशनारायणले आफ्ना छोराको हत्या गर्नेलाई कानून अनुसार कारबाही हुनुपर्ने बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?