+
+
Shares

जसपामा यादव पक्षको केन्द्रीय कार्यकारिणी बैठक शुरु

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ९ गते १४:४८

९ साउन, काठमाडौं । जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षको केन्द्रीय कार्यकारिणी समिति बैठक शनिबार पार्टी कार्यालय बालकुमारीमा बसेको छ ।

बैठकले संसदीय दलको विधान अनुमोदन गर्ने, संसदीय दलको निर्वाचन गराउन निर्वाचन समिति गठन गर्नेलगायतका विषयमा छलफल गर्ने नेता मोहम्मद इस्तियाक राईले जानकारी दिए ।

उनका अनुसार बैठकमा समसामयिक राजनीतिक विषय, पार्टीको प्रशिक्षण र सर्वोच्च अदालतमा महन्थ ठाकुरले दिएको मुद्दा र निर्वाचन आयोगमा जारी आधिकारिकता विवादका विषयमा पनि छलफल हुनेछ ।

जनता समाजवादी पार्टीको विवाद निरुपणका लागि निर्वाचन आयोगले ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिलाई साउन ११ गते उपस्थित हुन आदेश दिएको छ । निर्वाचन आयोगको उक्त निर्णयविरुद्ध महन्थ ठाकुरले सर्वोच्च अदालतमा रिट दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?